रोमाञ्चक जीतको साथ डीएसए क्वार्टर फाइनलमा

photocollage_20236221133668.jpg

२ जूनः डामडिम फ्रेण्ड्स यूनियन क्लबको आयोजनमा जारी गोल्ड कप नक्आउट फूटबल टुर्नामेण्टमा दलसिंगपाड़ा स्पोर्ट्स एकाडमी (डीएसए)-ले रोमाञ्चक जीतको साथ क्वार्टर फाइनलमा स्थान बनायो। शुक्रवार खेलिएको ग्रुप ए-को म्याचमा डीएसए-ले ट्राइबल युनाइटेड युथ क्लब, सुकनालाई टाईब्रेकरमा ४-३-ले पराजित गऱ्यो। म्याचमा सुकनाको टीमबाट अजित साहुले पहिलो हाफमा गोल गरे। त्यसपछि सुजल मुण्डा (पोग्बा)-ले डीएसए-बाट गोल गरी स्कोर १-१-को बराबरीमा पुऱ्याए। अब ४ जूनको दिन खेलिने पहिलो क्वार्टर फाइनल म्याचमा ग्लोबल एफसी, असम र राजगञ्ज वेलफेयर अर्गनाइजेशनबीच भिड़न्त हुनेछ। म्याच दिउँसो ४.३० बजीदेखि शुरु हुनेछ। टुर्नामेण्टको फाइनल १८ जूनमा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई विनर्स ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप् हुने टीमलाई ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसको साथमा फेयर प्ले ट्रफी पनि रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement