दार्जीलिङ: टुरिष्ट इन्फर्मेशन कम्प्लेक्स भाडामा दिएको घटनामाथि जीटीए मुख्य सचिवको ध्यानाकर्षण गराउँदै हाम्रो पार्टी अध्यक्ष एंव सभासद अजय एडवाडर्सले पत्र पठाएका छन्। गत केही दिन अघिदेखि सिलगढीको दार्जीलिङ मोडमा अवस्थित जीटीएको टुरिष्ट इन्फर्मेशन कम्प्लेक्स एक व्यापारीलाई भाडामा दिएको चर्चा चुलिन्दै आईरहेको थियो। प्राप्त जानकारी अनुसार जीटीएले टुरिष्ट इन्फर्मेशन कम्प्लेक्स भाडामा दिनुभन्दा अघि सरकारी नियमहरूको पालन गर्न पर्ने जो हुन्छ त्यसलाई ताकमा राखेर काम गरेको अध्यक्ष एंव सभासद एडवाडर्सले आफ्नो पत्रमा उलेख गरेका छन्। सिलगढीको दार्जीलिङ मोडमा रहेको टुरिष्ट इन्फर्मेशन कम्प्लेक्स हाम्रो भावनासंँग जोडिएको विषय हो। सन् १९८६ को गोर्खाल्याण्ड आन्दोलनको क्रममा हाम्रा धेरै आन्दोलनकारीहरू शहीद बनेका थिए। हाम्रा ती शहीदहरू दागोपाप, जीटीए आदि जस्ता विषयहरूको निम्ति शहीद भएका थिएनन् तर आन्दोलनपछि जो सम्झौता भएको थियो, त्यो सम्झौता अनुरूप राज्य सरकारले पहाडको टुरिजम व्यवस्थालाई फस्टाउन सिलगढीको दार्जीलिङ मोडमा रहेको उक्त निर्माणाधीन बिल्डिङ सुम्पिएका थिए।दागोपापले धेरै राशिहरू खर्च गरेर निर्माण गरिएको टुरिष्ट इन्फर्मेशन कम्प्लेक्स जीटीएले एक व्यापारीलाई लीजमा दिएको घटनाले हामी समस्त गोर्खा जातिको मनमा ठेस पूगेको छ भन्ने कुरा अध्यक्ष एडवाडर्सले आफ्नो पत्रमा उलेख गरेका छन्। उनले अघि भनेका छन् पश्चिम बंगाल जग्गा आवंटन नीतिलाई पालन नगरी जग्गा भाडामा दिएको छ। म एक निर्वाचित प्रतिनिधि भएको नातामा जनताको आवाज उठाउनु मेरो जिम्मेदारी बन्छ। यस अवधि आवाज उठाउन र आन्दोलन गर्नबाहेक अरू आफुसअग कुनै विकल्प पनि नरहेको अध्यक्ष एडवाडर्सले पत्रमा जनाएका छन्। जीटीएले कानूनलाई ताकमा राखेर जो काम गरेको छ, त्यसलाई रोक्न कानूनी साहारा खोज्ने अनुूरोध पनि अध्यक्ष एडवाडर्सले आफ्नो पत्रमा उलेख गरेका छन्।