जीटीएले बडी बिल्डिङ अनि फिटनेस प्रतियोगिता आयोजना गर्ने

IMG-20230602-WA0232.jpg

दार्जिलिङ: जीटीए क्षेत्रका बडी बिल्डिङ संस्थानहरुसंग आज जीटीएले बैठक बसेको छ। उक्त बैठकमा निर्णय गरिए अनुसार जीटीएले बडी बिल्डिङ अनि फिटनेस प्रतियोगिता आयोजना गर्ने भएको छ। आगामी सेटेम्बर ३० अनि अक्टोबर १ को दिन जीटीएले बडी बिल्डिङ अनि फिटनेस प्रतियोगिता आयोजना गर्नेछ। प्रतियोगिता दार्जीलिङको चौरास्तामा हुनेछ। यो प्रतियोगिता जीटीए स्तरीय प्रतियोगिता रहने भएको छ। यो पहाडकै निम्ति यस्तो किसिमको पहिलो प्रतियोगिता हुनेछ। बडी बिल्डिङ अनि फिटनेसलाई सबै खेलको आमा पनि भन्छन्। यस प्रतियोगिता ४ वेट श्रेणीमा गराइनेछ। प्रतियोगिता पुरुष अनि महिला दुवै वर्गको निम्ति हुनेछ। विजेतालाई नगद पुरस्कार दिइनेछ। दार्जीलिङ पर्यटकहरुको निम्ति मात्र गन्तव्य होइन दार्जीलिङलाई खेलकूद क्षेत्रमा पनि अघि बढाउने भिजन लिएर हामीले काम गरिरहेका छौं।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement