कोलकाताः पश्चिम बंगालका धेरै हिस्साहरू भीषण गर्मीको चपेटमा छन्। मौसम विभागले शुक्रवार राज्यका पहाड़ी जिल्लाहरू दार्जीलिङ र कालेबुङमा आगामी तीनदेखि चार दिनसम्म लू चल्ने पूर्वानुमान व्यक्त गरेको छ। मौसम विभाग अनुसार, हिमालयी राज्य सिक्किमा पनि लू चल्ने सम्भावना छ। गानतोकमा बिहिवार अधिकतम तापक्रम २५.२ डिग्री सेल्सियस, शुक्रवार बिहान न्यूनतम १६.६ डिग्री सेल्सियस दर्ता गरियो।
मौसम विभाग अनुसार, पश्चिम बंगालमा धेरै स्थानहरूमा दिन र रातको तापक्रम औसतभन्दा धेरै अधिक रह्यो र कोलकातामा शुक्रवार बिहान न्यूनतम तापक्रम ३०.८ डिग्री सेल्सियस दर्ता गरियो, जुन सामान्यभन्दा तीन डिग्री अधिक छ। मौसम कार्यालयले कम्तीमा तीनदेखि चार दिनको निम्ति गरमी र आर्द्र मौसम रहने अनुमान लगाएको छ, जसमा पश्चिम जिल्लाहरू र राज्यहरूका उप-हिमालयी भागहरूमा लू चल्ने सम्भावा छ। कालेबुङमा बिहिवार दिउँसो अधिकतम तापक्रम २८.६ डिग्री सेल्सियस दर्ता गरियो जबकि दार्जीलिङमा पारा २५.२ डिग्री दर्ता गरियो, जुन सामान्यभ्दा ५.५ डिग्री सेल्सियस कम छ। मैदानी क्षेत्रहरूमा पानागढ़ (४०.३), पुरूलिया (४१.३), आसनसोल (४०.५) र झारग्राम (४०) मा दिनको तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि रहेको छ।
-हिस