बजाज अटोको डुअल चेनल एबीएस-को साथ नयाँ एन१६० बजारमा लञ्च

SAVE_20220624_154830.jpg

नयाँ दिल्ली: बजाज अटोले भारतीय बाजारमा नयाँ पल्सर एन१६० (Pulsar N160) लञ्च गऱ्यो। यो १६०सीसी नेकेड स्ट्रीट-फाइटर क्वार्टर-लीटर पल्सर मोटरसाइकलहरूसँग आफ्नो प्ल्याटफर्म र फीचर्सलाई शेयर गर्दछ। अल-न्यू बजाज पल्सर एन१६० लाई भारतमा सिंगल-चेनल एबीएस(ABS) भेरिएण्टको निम्ति १.२२ लाख रुपियाँ अनि डुअल-चेनल एबीएस भेरिएण्टको निम्ति १.२७ लाख रुपियाँमा लञ्च गरिएको छ। यी सबै मूल्यहरू एक्स-शोरूम हो।

डिजाइनः
डिजाइनको मामिलामा यो सम्पूर्ण रूपले पल्सर एन२५० जस्तै देखिन्छ। मोटरसाइकलमा ट्विन एलईडी डीआरएल-को साथ प्रोजेक्टर हेडल्याम्प, शार्प ट्यांक एक्सटेन्शन, इञ्जिनको सुरक्षाको निम्ति अण्डरबेली काउल, स्टब्बी एग्जस्ट, मल्टी-स्पोक एलय व्हील र एउटा एलईडी टेल ल्याम्प छ। कलर अप्शन्सको कुरा गर्दा सेगमेण्टको पहिलो डुअल-चेनल एबीएस भेरिएण्ट केवल ब्रुकलिन ब्ल्याक शेडमा पेश गरिएको छ।

पावरफुल छ बाइकको इञ्जिनः
खुशीको कुरा के छ भने सामान्य कम्ती मूल्य भएको सिंगल-चेनल एबीएस मोडल जम्मा तीन कलर क्यारेबियन ब्लू, रेसिंग रेड र ब्रुकलिन ब्ल्याकमा उपलब्ध हुनेछ। पल्सर एन१६० मा १६४.८२सीसी, सिंगल-सिलेण्डर, फोर-स्ट्रोक, ओयल-कूल्ड, फ्यूल-इञ्जेक्टेड इञ्जिन छ। यस इञ्जिनले १५.७ बीएचपी को पावर र १४.६ एनएम को पीक टर्क जनरेट गर्दछ। इञ्जिन ५-स्पीड मेनुअल गियरबक्सको साथ आउँछ।

२० साल अघि लञ्च भएको थियो पल्सरः
बजाज अटोका प्रेसिडेण्ट-मोटरसाइकिल सारंग कनाडे ने भने, “बीस साल अघि लञ्च भएको पल्सरले भारतमा स्पोर्ट्स-मोटरसाइक्लिंग क्रान्ति ल्यायो। पल्सर २५०, अहिलेसम्मको सबैभन्दा ठूलो पल्सर हो, जससाई अक्टोबर २०२१ मा नयाँ प्ल्याटफर्ममा लञ्च गरिएको थियो। यस बाइकलाई ग्राहकहरूबाट व्यापक प्रतिक्रिया प्राप्त भएको थियो। हामी नयाँ प्ल्याटफर्मलाई १६०सीसी सेगमेण्टमा विस्तार गरेर खुशी छौं। नयाँ पल्सर एन१६० रोमाञ्चक राइडिंगको निम्ति एउटा असाधारण बाइक हो। यो सही स्ट्रीट राइडिंग अनुभव प्रदान गर्नको निम्ति बनाइएको हो।”

विशेषताहरूः

  • पल्सर एन१६० ले डुअल-चेनल एबीएस सटीक ब्रेकिंग र नियंत्रणको अडिग शक्ति प्रदान गर्दछ, जसले उच्च गतिमा पनि आत्मविश्वासलाई प्रेरित गर्दछ।
    -मोनोशक सस्पेन्शन – आरामसँग समझौता नगरी पिनपोइण्ट ह्याण्डलिंगको निम्ति नयाँ मोनोशक यूनिट।
    -इन्फिनिटी डिस्प्ले कन्सोल – ‘ब्याज अव् थ्रिल’ को सिंबल – टेकोमीटर सुई – प्रदर्शन मोटरसाइकिलिंगको स्वर्ण युगको एउटा संकेतको रूपमा।
  • यूएसबी मोबाइल चार्जिंग – ट्यांक फ्लेपको नजिक सुविधाजनक स्थानमा, पल्सरमनिएक्स (Pulsarmaniacs) को निम्ति जुन सदा चल्छ।
    -गियर पोजिशन इण्डिकेटर – सही गियर शिफ्ट प्राप्त गर्नमा आत्मविश्वास र सटीकताको निम्ति।
  • डिस्टेन्स टू एम्प्टी रीडआउट – असाधारण इञ्जिन।
Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *