फलहरूको टोक्रीको आड़मा दाउरा तस्करीको प्रयास

00-1-Chhetriya-Samachar

जलपाइगढ़ीः वन विभागको डायना र चालसा रेञ्जका वन कर्मीहरूले हिजो राति फलहरूको टोक्रीहरूको आड़मा अवैध रूपमा दाउराको तस्करीलाई असफल बनाएका छन्। वन कर्मीहरूले लाखौं रूपियाँको दाउरा लोड गरिएको एउटा पिकअप भ्यानलाई जफत गरेका छन्। यद्यपि, यस मामिलामा कोही पक्रा परेको छैन।

सूत्रहरू अनुसार, नगरकट्टाको सुलकापाडा ग्राम पञ्चायतको खैरबाड़ी अन्तर्गत हाजीपाड़ा क्षेत्रमा एउटा पिकअप भ्यानमा तस्करीको निम्ति जंगलबाट काँटेर ल्याइएको दाउरा लोड भइरहेको वन विभागले सूचना पाएको थियो। सूचना पाएर डायना र चालसा रेञ्जका वन कर्मीहरूले अभियान चलाए। वन विभागको अभियानको खबर लाग्नसाथ तस्कर पिकअप भ्यान छोड़ेर भागे। यसपछि वन कर्मीहरूले पिकअप भ्यानको जाँच गर्दा फलहरूको टोक्रीको आड़मा लाखौं रूपियाँको सयगुणको दाउरा उद्धार भयो। जसपछि वन कर्मीहरूले पिकअप भ्यानलाई सीज गरे।

चालसा रेञ्जका रेञ्जर प्रकाश थाना अनुसार, तस्करी गर्नेहरूको पहिचान गरिनेछ औं कसैलाई क्षमा गरिनेछैन। अवैध दाउराको तस्करी विरूद्ध हाम्रो अभियान लगातार जारी रहनेछ।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement