कुन्तल घोषलाई कोर्टमा पेश गरियो, ईडीले झूठो बोलिरहेछ- कुन्तल

IMG-20230410-WA0169-11-300x172-2

कोलकाताः शिक्षक नियुक्ति भ्रष्टाचारको क्रममा पक्रा परेका तृणमूल कांग्रेसका पूर्व युवा नेता कुन्तल घोषलाई शुक्रवार एक पल्ट फेरि अलीपुरको विशेष सीबीआई कोर्टमा पेश गरियो। यहाँ मीडिया कर्मीहरूले उसले कालीघाटका काकू र धेरैसम्म भ्रष्टाचारको पैसा पुऱ्याएको भनी प्रश्न गर्दा उसले भन्यो, ईडी अधिकारीहरूले झूठो दाबी गरिरहेका छन्। केन्द्रिय एजेन्सीहरूले जाँचलाई भ्रमित पार्ने प्रय़ास गरिरहेका छन्। यदि साहस छ भने मैले जुन बयान दिएको छु, त्यो कोर्ट सामू ल्याएर देखाओस्।

उल्लख्य, ईडीको तर्फबाट दाबी भइरहेछ कि कुन्तलले कालीघाटको काकूको भनाईमा पूर्व शिक्षा मन्त्री पार्थ चटर्जी कहाँ २६ करोड़ रूपियाँ पुऱ्याएको थियो।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement