के-लीगः कुञ्जमान थापाको ह्याट्रिकले जर्जियन एफसी सजिलै विजयी

photocollage_20236219226964.jpg

२ जूनः फूटबल एसोसिएशन अव् कालेबुङ डिस्ट्रिक्टको तत्त्वावधानमा आयोजित प्रतिष्ठित के-लीग सुपर डीविजन फूटबल प्रतियोगितामा जर्जियन फूटबल क्लबले ठूलो अन्तरले जीत हासिल गऱ्यो। स्थानीय मेला ग्राउण्डमा शुक्रवार खेलिएको दिनको पहिलो म्याचमा जर्जियन एफसी-ले सुबोथ फूटबल एकाडमीलाई ५-०-ले पराजित गऱ्यो। म्याचमा विजेता टीमबाट कुञ्जमान थापाले ह्याट्रिकसहित ४ गोल गरे। यसबाहेक एक गोल शरद मुण्डाले गरे । कुञ्जमानलाई प्लेयर अव् द म्याच चयन गरियो। आयोजकहरूले जानकारी दिएअनुसार, के-लीग-को यस सीजनमा जम्मा १० वटा टीमले हिस्सा लिएको छ। यसमा कालेबुङ जिल्ला पुलिस, सेसोनिअन एफसी, नादोङ भूटिया एफए, गोरुबथान एफसी, सुबोथ एफए (मंगपंग), शेयर एफसी, जर्जियन एफसी, युनाइटेड ब्रदर्स, बोंग एफसी र हिमालश्री एथलेटिक क्लब सामेल छ। यी टीमहरूलाई दुईवटा ग्रुपमा बाँड़िएको छ। लीगको फाइनल ११ जूनमा खेलिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement