भोटाङ राजाको राज्य अभिषेकको बर्षगाँठको अवसरमा वृक्षारोपण

fabe91b5-5910-423d-971e-ec3279a6f816

कालचिनीः छिमेकी देश भोटाङको राजा जिग्मे सिङ्गे वाङचुकको राज्याभिषेकको चौथो बर्षगाँठको अवसरमा शुक्रबार जयगाउँ भ्यु प्वाइन्ट क्षेत्रमा भोटाङका अधिकारीगण र भारततर्फका अधिकारीगणको उपस्थितिमा वृक्षारोपण कार्यक्रम गरियो।
भारततर्फबाट जेडीए चेयरम्यान गङ्गाप्रसाद शर्मा लगायत जयगाउँ कस्टम अधिकारी एलटी भोटिया, जयगाउँ थाना प्रभारी प्रबीर दत्ता, मारवाड़ी युवा मञ्च जयगाउँका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो भने भोटाङबाट डासो डुङपा एवम् अन्यान्य अधिकारीगणको उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement