निष्ठावान स्वयंसेवक थिए जयन्त सहस्त्र बुद्धेः पान्डेय

IMG-20230410-WA0169-11-300x172-2

कोलकाताः विज्ञान भारतीका संगठन मन्त्री र राष्ट्रिय स्वयंसेवक संघका प्रचारक रहेका जयन्त सहस्त्रबुद्धेको निधनमा विज्ञान भारतीको बंगाल एकाईले दुःख व्यक्त गरेको छ। राष्ट्रिय स्वयंसेवक संघको अखिल भारतीय प्रबुद्ध मन्चको बंगाल एकाई लोक प्रज्ञाका पूर्व क्षेत्रीय सम्पर्क प्रमुख डा. आनन्द पान्डेयले शुक्रवार बिहान ‘हिन्दुस्थान समाचार’ सॅंग विशेष कुराकानीमा भने, ‘एक निष्ठावान स्वयंसेवकको रूपमा राष्ट्रिय स्वयंसेवक संघका प्रचारकको कार्यभार सम्हालेपछि विज्ञान भारतीको राष्ट्रिय संगठन मन्त्रीको पदभार जयन्त सहस्र बुद्धेले बेङलुरू अधिवेशनमा २०१८ मा ग्रहण गरे। त्यस अघि पनि २०१५ देखि राष्ट्रिय सह संगठन मन्त्रीको रूपमा संगठन मन्त्री जय कुमारजीसॅंग कोलकाता आउने जाने गर्थे।’

आनन्द पान्डेयले भने, ‘विवेकानन्द विज्ञान मिशन शाखा विज्ञान भारतीको राज्य समितिमा हुॅंदा उनीसॅंग परिचय भएको थियो। उनकै देखरेखमा वर्ल्ड आयुर्वेद कांग्रेस पनि कोलकातामा सफलतापूर्वक सम्पन्न भयो। यस अतिरिक्त, भारतीय विज्ञानलाई बढावा दिन धेरै कार्यक्रमहरू गरिए। कठिनभन्दा कठिन समस्याहरूको सहज निपटान सहस्र बुद्धेजीको विशेष गुण थियो। साथै पश्चिमी विज्ञानदेखि भिन्नै भारतीय विज्ञानको अवधारणामा सहस्त्र बुद्धेजी आध्यात्म र भारतीय परम्पराहरूको ठूलो योगदान मान्थे।’ उनले अझ भने, ‘२०२२ मा सड़क दुर्घटनामा परेपछि उनको स्वास्थ्य निकै प्रभावित बन्यो। उनी जस्ता विचारक, चिन्तकको जून महिनाको दोस्रो दिन ब्रह्म मुहूर्तमा निधन मेरो निम्ति दुखद र विज्ञान भारतीको निम्ति मात्र नभएर राष्ट्रकै निम्ति पनि अपूरणीय क्षति हो। दिवंगत आत्माप्रति मेरो श्रद्धाञ्जली।’

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement