टोटो चोरी मुद्दामा २ जना पक्राउ

IMG-20230602-WA0192.jpg

सिलगढी: टोटो चोरी मामिलामा प्रधान नगर थाना पुलिसले २ जना व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा परेकाहरू एक नम्बर वार्ड अन्तर्गत पञ्चानन कोलनी निवासी टिङ्कू बर्मन र गणेश झा सामेल छन्। प्राप्त जानकारी अनुसार प्रधान नगर थाना अन्तर्गत इलाकाबाट लगातार टोटो चोरीको घटना घटिरहेको थियो। उनीहरूले चलाकीको साथमा विभिन्न ठाउँबाट टोटो चोरी गरने गर्दथे। गत २७ मईमा जङ्क्शन नजिकबाट एउटा टोटो चोरी भएपछि घटनाबारे प्रधाननगर थानामा लिखित अभियोग दर्ता गरेको थियो। अभियोगको आधारमा गत राति पुलिसले अभियान चलाएर टोटो चोरी गर्ने गुटका २ जना सदस्यलाई पक्राउ गरेको छ। पुलिसले प्राथमिक जाँच अवधि गणेश झा टोटो चोरीको मास्टर माइन्ड रहेको थाहा पाए। पक्रा परेका २ जना आरोपीलाई आज सिलगढी अदालतमा पेश गरेपछि पुलिस रिमान्डमा पठाएको छ। घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।

About Author

Advertisement