कोविड़ बङ्गाल: कोरोनाको ६५७ नयाँ मामिला, १९५ जना भए कोरोनामुक्त, २ जनाको मृत्यु

IMG_20211223_141043-1-1.jpg

कोलकाता: राज्य स्वास्थ्य मन्त्रालयद्वारा जारी आकडाअनुसार, गत २४ घण्टमा पश्चिम बङ्गालमा कोरोनाको मोठ ६५७ नयाँ मामिला अघि आएको छ भने आज यस रोगले २ जनाको मृत्यु पनि भएको छ। यसरी नै यस अवधिमा १९५ जना कोरोनामुक्त पनि भएको छन्।

हालसम्म बङ्गालमा २०,२४,२४४ जना कोरोनाले संक्रामित भएको छन् भने १९,९९,५५० जना यो रोगबाट निको पनि भएको छन्। यसरी नै अहिलेसम्म कोरोनाले कुल २१,२१४ जनाले जान गुमाएको छ।

स्वास्थ्य मन्त्रालयद्वारा जारी आंकडाअनुसार, गत २४ घण्टमा ९,३२७ जनाको कोरोना परीक्षण गरिनेको साथ अहिलेसम्म कुल २५,५०५,९५७ जनाको परीक्षण भएको छ।

राज्यमा गत २४ घण्टको रिकवरी दर ९८.७८℅ र सकारात्मक दर ७.०४℅ दर्ता गरिएको छ। अहिलेसम्म, राज्यमा कुल ६३,२३२,२८६ जनाले कोरोना रोधिको पूर्ण खोप लगाइ सकेको छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement