यूएसए मेड पिस्तोल, कार्तुस सहित युवक पक्राउ

IMG-20230602-WA0169.jpg

सिलगढी: सिलगढीको स्टेट गेस्ट हाउस नजिक ६ राउन्ड सजिव कार्तुस, दुइवटा म्यागजीन अनि एउटा यूएसए मेड पिस्तोल बोकेर घुमिरहेका एकजना व्याक्तिलाई पुलिसले पक्राउ गरेको छ। प्राप्त जानकारी अनुसार गत राति प्रधान नगर थानाले गोप्य सुइँको पाएपछि गेस्ट हाउस नजिक घुमिरहेको एकजना व्याक्तिलाई रोकेर सन्देहको आधारमा सादा पोशाकमा पुलिसले छानबिन गर्दा ६ राउन्ड जिउँदो कारतूस, दुइवटा म्यागजीन अनि एउटा यूएसए मेड अटोमेटिक पिस्तोल उद्धार गरेपछि तिनलाई पक्राउ गरेको छ। पक्रा परेका आरोपी सुजन शर्मा (२४) हुन् भने तिनी कुचबिहार निवासी रहेको बताइएको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार सुजन शर्माले यो पिस्तोल कसैलाई बिक्री गर्नका लागि अथवा कुनै अपराधिक घटनालाई अजाम दिनको लागि रातको अन्ध्यारोमा बोकेर घुमिरहेका थिए। तथापि, पक्रा परेका आरोपीको वास्तविक मकसद के थियो भन्नेबारे जान्नका लागि तिनलाई आज सिलगढी अदालतमा पेश गरेर पुलिसले रिमाण्डमा लिएको छ। यसो साथै पुलिसले सम्पूर्ण मामिलाको जाँच गरिरहेको छ।

About Author

Advertisement