सिलगढी: चर्को गर्मीबाट बच्न हामी सधैं रुखको छायाँ खोज्छौं तर अहिले ठूला-ठूला भवनहरू बनाएर रुख काट्ने भएकाले त्यस्ता रुखको छाया पाउन सकिरहेका छैनौं। जसका कारण हरियाली लगातार नष्ट भई गर्मी बढ्दै गएको छ। चर्को गर्मीबाट यात्रुलाई राहत दिन पुलिस र समाजसेवी बपन दासको पहलमा आज एउटा सचेतना अभियान आयोजीत गरीयो। सिलगढीको सेवक मोर, एयरभ्यू मोर, पानीटंकी मोड, भिभिन्न ट्राफिक बिन्दुहरूमा, ट्राफिक पुलिस र यात्रुहरूलाई पानीको बोतल, ओआरएससँग एक-एक रुख को बिरुवा दिइयो। आज यसै कार्यक्रम मार्फत समाजसेवी बापन दासले विभिन्न अवसरमा बिरुवा उपहार दिन सबैलाई सल्लाह दिए।