नेपालको विद्युत बँगलादेशसम्म निर्यात गर्न भारतसँग महत्वपूर्ण सहमतिः प्रचण्ड

n50564336416856969065961846fc717689f499b79f3f76320542c911374977208e8ef4afcda3da69b849e8.jpg

काठमांडू: नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको विद्युत बँगलादेशसँग निर्यात गर्नका लागि भारतसँग महत्वपूर्ण सहमति भएको बताएका छन्। उनले आज शुक्रवार विहान दिल्लीस्थित होटल मौर्यमा नेपालका सञ्चारकर्मीसँगको भेटमा यस्तो बताएका हुन्।

”जलविद्युत क्षेत्रमा लगानीका लागि महत्वपूर्ण आधार तयार भएको छ। नेपालको विद्युत बँगलादेशसम्म निर्यात गर्नका लागि महत्वपूर्ण सहमति भयो,” प्रचण्डले भने।

प्रधानमन्त्री नरेन्द्र मोदीसँग तीन पटक वन टु वन छलफल भएको समेत प्रचण्डले खुलासा गरे। विद्युत व्यापारका लागि ब्रेक थ्रू भएको उनको दाबी थियो।

महाकाली सन्धी अनुसार पञ्चेश्वर बहुउद्देश्यीय आयोजना निर्माणका लागि तीन महिनाभित्र विस्तृत परियोजना प्रतिवेदन डीपीआर बनाउने सहमति भएको उनको भनाई थियो। २७ वर्ष अघि महाकाली सन्धी भएपनि अहिलेसम्म डीपीआर तयार भएको छैन ।

सीमा क्षेत्रमा देखिएका समस्या समाधान गर्न भारतले प्रतिवद्धता व्यक्त गरेको उनको भनाई थियो। प्रचण्ड ३१ मईमा भारत भ्रमणका लागि आइपुगेका हुन्। उनी ३ जूनमा नेपाल फर्कने तय छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement