हात्तीको आक्रमणमा एकजना वृद्धाको मृत्यु

death-1024x489.jpeg

कालचिनी। आज विहान करीब ३ बजी एउटा जङ्गली हात्तीको आक्रमणमा चिञ्चुला निवासी किरण सुब्बा उमेर ५८ मा ज्यान गएको घटना प्रकासमा आएको छ।
प्राप्त जानकारी अनुसार बिहान ३ बजी ५८ बर्षीय वृद्धा किरण सुब्बा घरबाट बाहिर दिसा फेर्न निस्किएको थियो तर सोही समय गाउँको बाटो भएर लम्किन्दै आईरहेको एउटा जङ्गली हात्तीसित जम्काभोट हुँदा किरण सुब्बालाई उक्त हात्तीले सुँड़ले हानेर पछार्दा घटनास्थलमा नै वृद्धाको ज्यान गएको थियो।
घटनास्थलमा पुगेर स्थानीय पञ्चायत सदस्य औ कालचिनी ग्राम पञ्चायत प्रधान निशा लामा र तिनको पतिले बन विभाग र पुलिसलाई सूचना दिएको थियो भने बन विभाग साथै पुलिसबल पुगेर घटनाको निरीक्षण गरेपछि शवलाई पोस्टमार्टमको निम्ति उद्धार गरेर कालचिनी थाना लगेको बताईएको छ।
यता बन विभागले हात्तीको आक्रमणमा गाउँमा मानिसको ज्यान गएकोले सरकारी नियम अनुसार क्षतिपूर्ति दिईने र आज तत्काल राहतको निम्ति बन विभागले १० हजार रुपियाँ पीड़ित परिवारलाई दिएको जनाएका छन।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *