तीनवटै जिल्लामा अतिरिक्त राजनीतिक सचिवको पदमा नियुक्त

photocollage_202361235218337.jpg

गान्तोक: राज्यको तीनवटा जिल्लामा मुख्यमन्त्रीका अतिरिक्त राजनीतिक सविचको पद रिक्त रहेको थियो। उक्त कुरालाई ध्यानमा राख्दै आज एक नोटिफिकेसन जारी गर्दै मुख्यमन्त्रीका अतिरिक्त राजनीतिक सचिवको पदमा राज्य सरकारले आज तीनजनालाई नियुक्त गरेको छ। नाम्ची जिल्लाको निम्ति अप्पर तुरुङ निवासी कविता सापकोटा, पाकिम जिल्लाको निम्ति छलमथाङ निवासी विशाल शर्मा अनि सोरेङ जिल्लाको निम्ति श्रीबदाम निवासी सुकहाङ लिम्बूलाई उपरोक्त पदमा नियुक्त गरिएको छ। राज्यका मुख्य सचिव बीभी पाठकले यसबारेमा एक अधिसूचना जारी गरेर यी तीनैजनालाई सम्बन्धित जिल्लाका अतिरिक्त मुख्य सचिवको रूपमा नियुक्त गरिएको अनि यो तत्काल प्रभावमा आउने स्पष्ट जनाएका छन्।

उल्लेखनीय छ, २०१९-मा एसकेएम पार्टीको नेतृत्वमा राज्यमा सरकार गठन भएपछि पार्टीले आफ्नो घोषणा पत्रमा उल्लेखित थप दुईवटा जिल्ला निर्माण गर्ने प्रतिबद्धतालाई पूरा गरेको थियो। यस अन्तर्गत पूर्वबाट २०२१-मा पाकिम अनि पश्चिमबाट सोरेङ नयाँ जिल्लाको रूपमा अस्तित्वमा आएको थियो। यसरी नै नाम्ची जिल्लाको निम्ति मुख्यमन्त्रीका अतिरिक्त राजनीतिक सचिव रहेकी सुश्री अञ्जिता राजालिम हालै सम्पन्न पञ्चायत चुनाउमा खड़ा भएर निर्वाचित बनेपछि मोठ तीनवटा जिल्लामा मुख्यमन्त्रीका अतिरिक्त राजनीतिक सचिवको पद रिक्त रहेको थियो। यी रिक्त पदहरूमा आज राज्य सरकारद्वारा अधिसूचना जारी गरेर तीनजनालाई नियुक्त गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement