गान्तोक: सिक्किममा राज्यपाल लक्ष्मण प्रसाद आचार्य आज राजभवनमा आयोजित भारतीय शिक्षा मण्डलको एक कार्यक्रममा सहभागी बने। राजभवनकी पीआरओ ममता अवस्थीको स्वागत सम्बोधनबाट शुरू भएको कार्यक्रम भारतीय शिक्षा मण्डल सिक्किम प्रान्तका महासचिव हरि शंकर शर्माले भारतीय शिक्षण मण्डल सिक्किम प्रान्तको स्थापना र यसको कामकाजको बारेमा जानकारी गराए।
राज्यपाल आचार्यले कार्यक्रममा उपस्थित सम्पूर्णमा न्यानो अभिवादन व्यक्त गर्दै दुई राज्यबीच शिक्षण विधिहरूको आदान-प्रदानमाथि बल दिए। उनले दुई राज्यबीच संस्कृति र परम्पराहरूको आदान-प्रदानले सद्भाव बढ्नेछ जसले भारतको विविधतामा एकतालाई परिभाषित गर्नेछ भनी बताए। कार्यक्रममा कानपुरबाट पनि संस्थाका प्रतिनिधिहरू उपस्थित थिए।









