काेलकाता: पश्चिम बंगालका राज्यपाल एवं राज्यका सबै विश्वविद्यालयहरूका कुलाधिपतिको रूपमा डा. सीवी आनन्द बोसले १० विश्वविद्यालयहरूमा कुलपतिको नियुक्ति गरेका छन्। यसलाई लिएर राज्यका शिक्षा मन्त्री ब्रात्य बसुले कडा प्रतिक्रिया जनाएका छन्। उनले उक्त नियुक्तिहरूलाई अवैध एवं वर्तमान नियमहरूको विपरीत ठहर गरेका छन्।
यसका साथै नवनियुक्त कुलपतिहरूलाई उनले राज्यपालद्वारा गरिएको नियुक्तिलाई स्वीकार नगर्न अनुरोध पनि गरेका छन्। मन्त्रीले बिहिवार फेसबुकमा अवैध तरिकाले नवनियुक्त गरिएका कुलपतिहरूलाई उच्च शिक्ष विभागको तर्फबाट सम्मानपूर्वक उक्त नियुक्तहरूलाई स्वीकार नगर्न अनुरोध गर्दछु भनी लेखेका छन्।
उनले आफ्नो पोस्टमा राज्यपालले राज्यका दश विश्वविद्यालयहरूमा कुलपतिहरूको नियुक्ति गरेको कुरा मिडियामार्फत थाहा पाएको बताउॅंदै यस विषयमा राज्य सरकारलाई कुनै जानकारी नरहेको दाबी गरेका छन्।










