आईसीडीएस केन्द्र तोड़फोड़

292ab824-18f0-4476-936f-af6e7878fb12

कालचिनीः डुवर्समा हात्तीको उत्पात नियमित जारी छ। बक्सा ब्याघ्र प्रकल्प अधीनस्थ तथा कालचिनी खण्डको राजाभातखावा पम्फु बस्तीमा बुधबार राती जंगलबाट निस्किएको एउटा जंगली हात्तीले आईसीडीएस केन्द्र सबै भत्काएर भित्र रहेको पकाई तुल्याई गर्ने भाँड़ा वर्तन सबै कच्याक-कच्युक् बनाई दिएको घटना प्रकासमा आएको छ। स्थानीय आईसीडीएस कर्मीले राती पसेको हात्तीले २३७ नम्बर आईसीडीएस केन्द्र नै तोड़फोड़ गरी दिएकोले अब यसको निम्ति के कसो गर्नु पर्ने अलमल्ल परेको बताएकी छन्।
स्थानीय बासिन्दाहरूले रातैपिच्छे हात्तीको उत्पात जारी रहेको बनकर्मीहरूले यसको निम्ति कुनै व्यवस्था नगरेको जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement