विद्यार्थी भएका १६ हजार परिवारलाई इन्भर्टर वितरण गर्ने

n505449296168564187700218dcaed3c5dad2176284051f93ba127abae57503494b460a0b76dd77de1062bc.jpg

गान्तोक: सिक्किम सरकारले ग्रामीण क्षेत्रमा विद्यार्थी भएका परिवारका लागि इन्भर्टर वितरण गर्ने योजना अघि बढाएको छ। बजेटिय प्रावधान राखेको यस योजनाबारे ३१ मईमा आयोजित सरकार स्थापना दिवस समारोहमा मुख्यमन्त्री पीएस गोलेले सार्वजनिक घोषणा गरे।

प्रतिकूल मौसमको कारणले कतिपय अवस्था ग्रामीण क्षेत्रमा बिजुली काटिंदा विद्यार्थीहरूले असुविधाको सामना गर्नु नपरोस भन्ने सोच राखेर यस वर्ष अध्ययनरत विद्यार्थी भएका १६ हजार परिवारलाई सरकारले इन्भर्टर वितरण गर्ने मुख्यमन्त्रीले घोषणा गरे। अर्कोतर्फ निर्बाध बिजुली आपूर्ति गराउने पक्षमा पनि सरकारले लगातार प्रयास गरिरहेको उनले जानकारी दिएका छन्।

इन्भर्टर वितरणपछि बिजुली बत्ति जाँदा पनि विद्यार्थीको पढाईमा बाधा उत्पन्न हुनेछैन भन्ने सरकारको विश्वास रहेको छ। गरीब आवास योजना अन्तर्गत सिक्किम सरकारले यस वर्ष ११ हजार नयाँ घर निर्माण गर्नेछ। सबै निर्वाचन क्षेत्रबाट एक-एक हजार आमाहरूलाई आमा योजनाको लाभ दिइने पनि हिजो सरकार स्थापना दिवसको कार्यक्रममा मुख्यमन्त्रीले घोषणा गरे।

सरकारले यस अघि प्रत्येक निर्वाचन क्षेत्रका पाँच-पाँच सय आमाहरूलाई यो लाभ वितरण गरेको थियो। सरकारले सबै ठिका कार्यको पञ्चायत एनओसी अनिवार्य गराएको मुख्यमन्त्रीले घोषणा गरेका छन् भने घोषित सबै नयाँ योजनाका लागि आवश्य धनराशि सरकारमा रहेको जानकारी दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement