जेएन रोडको विस्तार र सुधारमा तीव्र गति दिॅंदै सीमा सडक संगठन

n505449298168564184167603f380e0253176c25841029fe10f2b32a87bb0c8a4fa263ff712a3cb7a2a49e7.jpg

गान्तोक: सिक्किमको राजधानी गान्तोकदेखि नथुलालाई जोड्ने ४७ किलोमिटर लामो जवाहरलाल नेहरू मार्ग एउटा रणनीतिक सडक हो, जुन चीनको सिमानामा तैनाथ सशस्त्र बलहरूका लगि मात्र नभएर चीनसँगको व्यापार, प्रतिष्ठित कैलाश मानसरोवर यात्रा, प्रख्यात नाथुला पास र हरभजन बाबा मन्दिरतर्फ असंख्य पर्यटकहरूको आवत-जावतका लागि पनि महत्त्वपूर्ण छ।

१९६१ मा, जेएनएमलाई सीपीडब्ल्यूद्वारा विकसित गरिएको थियो भने १९६४ मा यो सडक बीआरओलाई हस्तान्तरण गरियो। यसको रणनीतिक र सामाजिक-आर्थिक महत्वका कारण बीआरओले जेएनएम सडकलाई लगातार महत्त्वका साथ विकसित गर्दै आएको छ। जेएनएम सड़क मार्ग पहाडी क्षेत्रको सडक र लगातार वर्षा प्रभावित स्थानमा रहेकाले सडक मार्गलाई प्रतिकुल असर पार्ने गरेको छ।

यस्तो स्थितिले पर्यटक र सशस्त्र बलहरूको आवागमनमा अनुकूल नभएको अवस्थालाई ध्यानमा राखेर सीमा सडक संगठन अन्तर्गतको परियोजना स्वस्तिकका बहादुर कर्मयोगीहरूले सवारीको सतह सुधार गर्न सँगै सडक सुरक्षा पक्षलाई पनि बढाउने चुनौतीपूर्ण कार्यलाई पनि अघि बढाइरहेका छन्।

यात्रुहरूलाई विश्वस्तरीय अनुभव प्रदान गर्ने उद्देश्यका साथ, स्वस्तिक परियोजनाले धेरै पहलहरू गरेको छ जसमा कर्भ सुधार, विभिन्न सडक सुरक्षा उपायहरूको स्थापना, सावधानीपूर्ण सडक चिन्ह लगाउने, गतिशील सावधानी बोर्डहरूको स्थापना र पुनः सरफेसिङ कार्यहरू समावेश छन्। बीआरओले यस कार्यलाई दुई चरणमा विभाजन गरेको छ।

पहिलो चरणमा टासी भ्यु पोइन्टदेखि मन्दाकिनी फल्ससम्म सडकको काम सम्पन्न भइसकेको छ। दोस्रो चरणमा मन्दाकिनी फल्सदेखि नथुला नजिक शेरेथाङसम्मको सडक सन्तुलनको काम तीव्र गतिमा शुरु गरेको बीआरओले जानकारी दिएको छ। प्रतिकूल मौसम अवस्था र भारी वर्षाको बावजुद स्वस्तिकले लगातार मेहनत गरेका कारण यस मार्गमा यात्राको समयलाई निकै कम गर्न सफल भएको बताएको छ।

यस मार्गको यात्रा गरेर नथुला पुग्न पहिला दुई घण्टाभन्दा अधिक समय लाग्ने गरेको थियो जसलाई घटाएर डेढ घण्टामा ल्याउन सफल भएको बीआरओले दाबी गरेको छ। यो सडक मार्ग विस्तार र सुधारको काम पूर्ण भएपछि यात्रा सहज हुनसँगै पर्यटकको संख्यामा वृद्दि भएर जाने विश्वास सीमा सडक संगठनको रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement