गर्मीको बिदा सत्रह पालन

ea4ec446-d52d-4869-a9d2-c8688396c2c3

कालचिनीः अब चाँडै स्कूलहरू खोल्ने निर्देश राज्य सरकारले जारी गरिसकेको छ। बिहीबार यसै क्रममा कालचिनी खण्डको चुवापाड़ा हिन्दी स्कूलमा कालचिनी पञ्चायत समितिको आयोजना औ अहेड इनिसिएटिभको पहलमा तीन दिवसीय बिदा सत्र पालन गरिएको जानकारी अहेड इनिसिएटिभको पक्षबाट मनिक सिंहले दिएका छन्। उक्त अवसरमा कालचिनी पञ्चायत समितिको सहकार्यकारी अधिकारी शिव शर्मा, शिक्षा कर्माध्याक्ष प्रेम लामा लगायत चुवापाड़ा ग्राम पञ्चायत प्रधान भगवती उराँव, स्थानीय पञ्चायत सदस्य श्रावन्ती चीक बडाईक, पञ्चायत समितिको सदस्य उषा लामा एवम् अन्यान्यको उपस्थिति रहेको थियो।
सो अवसरमा शिक्षा कर्माध्याक्ष प्रेम लामाले नेपाली मारुनी संगीत र नृत्यबारे जानकारी गराएको थियो भने कार्यक्रममा आफ्टर स्कूलको प्रशिक्षार्थीहरू जसले सिलाई प्रशिक्षण लिईरहेका छन उनीहरूको सुविधाको निम्ति कालचिनी बीडीओद्वारा प्रदत्त प्लास्टिक सेड र फूटबल प्रदान गरिएको थियो।

About Author

Advertisement