कालचिनीः दलसिंहपाड़ा क्षेत्रको एकजना १२ बर्षीय नाबालक केटो बुधबारको दिनदेखि निखोज बनेको घटना प्रकासमा आएको छ। बच्चा निखोज भएको सन्दर्भमा परिवार पक्षले जयगाउँ थानामा प्राथमिकी दर्ता गरेको जान्नमा आएको छ। यता गाउँलेहरूले बच्चा तस्करीको जालोमा परेको हुनसक्ने आशङ्का गरेका छन्।
यस सन्दर्भमा जयगाउँ थानाको पुलिसबलले प्राथमिकी दर्ता भएको आधारमा खोजी चलाईरहेको जनाएका छन्।