१ जूनः फूटबल एसोसिएशन अव् कालेबुङ डिस्ट्रिक्टको तत्त्वावधानमा आयोजित प्रतिष्ठित के-लीग सुपर डीविजन फूटबल प्रतियोगितामा जर्जियन फूटबल क्लब र कालेबुङ जिल्ला पुलिसबीच खेलिएको ग्रुप ए-को म्याच गोलरहित (०-०) ड्र-मा समाप्त भयो। स्थानीय मेला ग्राउण्डमा बिहीवार खेलिएको दिनको दोस्रो म्याचमा दुवै टीमले लगातार प्रयास गरे पनि गोल गर्न सकेन। कालेबुङ पुलिसका सप्तक छेत्रीलाई प्लेयर अव् द म्याच चयन गरियो। आयोजकहरूले जानकारी दिएअनुसार, के-लीग-को यस सीजनमा जम्मा १० वटा टीमले हिस्सा लिएको छ।

यसमा कालेबुङ जिल्ला पुलिस, सेसोनिअन एफसी, नादोङ भूटिया एफए, गोरुबथान एफसी, सुबोथ एफए (मंगपंग), शेयर एफसी, जर्जियन एफसी, युनाइटेड ब्रदर्स, बोंग एफसी र हिमालश्री एथलेटिक क्लब सामेल छ। यी टीमहरूलाई दुईवटा ग्रुपमा बाँड़िएको छ। लीगको फाइनल ११ जूनमा खेलिनेछ।