सिलगढी: सिलगढीको श्रमिक भवनमा बन्द रङमुक सिडर्स कमान विषय लिएर तेस्रो सभा बसेका थिए। चर उक्त बैठक आज पनि असफल बनेको छ। उक्त बैठकमा आज पनि मालिकको उपस्थिति रहेन। सरकार पक्ष अनि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका ट्रेड युनियन उपस्थित रहेका थिए। यस विषयमा एक प्रेस विज्ञप्ति जारी गर्दै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको ट्रेड युनियन हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन केन्द्रीय समितिको अध्यक्ष जेबी तामाङले मालिकलाई कमानमाथि कुनै चासो नभएको भान हुँदैछ।कमानमा १६१५ श्रमिक कार्यरत छन् भनी बताएका छन्। उनले भने, रङमुक सिडर्स कमान बन्द छ। श्रमिकहरुको हाजिराको भुक्तान भएको छैन। मालिकको तानाशाही व्यवहारको कारण श्रमिकको चुल्होमा आगो बल्न नसकेको हो।’
उनले आरोप लगाउँदै भने, ‘जोईन्ट फोरमका साथीहरुले खाली भाषण दिनु अनि श्रमिकहरुलाई उक्साउने काम मात्र गर्दैछन्। हिजोसम्म खुन चुस्ने नेताहरुको कुरामा लाग्नु हुँदैन। जोईन्ट फोरमको तमासाको कारण आज कमान बन्द भएको छ।’
उनले अघि भने, ‘आज सरकारले अनित थापाको कुरा सुन्छ। हामी कमान खोल्न माननीय अनित थापालाई हस्तक्षेप गरिदिनुहोस भनी निवेदन गर्छौ।’