खरसाङ: विद्यार्थीहरूको भविष्यलाई ध्यानमा राख्दै लिइएको शैक्षिक सत्र २०२३-२०२४ देखि सबै सरकारी/सरकारी सहायता प्राप्त/सरकारी प्रायोजित उच्च शिक्षा संस्थाहरूमा ४ वर्षे युजी स्तरको कार्यक्रम लागू गर्ने पश्चिम बङ्गाल सरकारको निर्णयलाई जीटीए स्वागत गर्दछ भनी गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल अनित थापाले एक प्रेस विज्ञप्ति जारी गरी बताएका छन्। उनले भनेका छन् – ‘हामी प्रस्तावित केन्द्रीकृत अनलाइन प्रवेश पोर्टल रद्द भएको पनि स्वागत गर्दछौं र यो पनि घोषणा गर्न चाहन्छौं कि जीटीए क्षेत्रका सबै कलेजहरूमा विगतका वर्षहरूमा जस्तै भर्नाको आफ्नै अनलाइन प्रवेश प्रणाली हुनेछ। जबकि म एक सुव्यवस्थित आवेदन प्रक्रियाको महत्व बुझ्छु, मलाई विश्वास छ कि हाम्रा पहाडका विद्यार्थीहरू जसकोमा कलेजहरूमा प्रवेशको बारेमा सीमित अवसरहरू छन्, उनीहरूले समस्याहरूको सामना गर्नेछन्। भर्नाको केन्द्रीकृत प्रणालीले स्थानीय विद्यार्थीहरूलाई भर्ना गर्न इन्कार गर्न सक्थ्यो किनभने उच्च प्रतिशत भएका जीटीए क्षेत्र बाहिरका विद्यार्थीहरूले पहाडका कलेजहरूमा आवेदन दिन सक्छन्।’