केदारनाथ धामको लागि १५ जूनसम्म पञ्जीकरण बन्द
देहरादून: उत्ताखण्डमा मौसमको प्रकोप अब चारधाम यात्रीहरूका लागि समस्या बन्दै गइरहेको छ। वर्षा एवं हिमपातबीच चर्किएको पहाड़ र सड़कहरूमा आएको ढुङ्गा-माटोको भल तीर्थ यात्री र वाहनहरूका लागि जोखिम बन्दै गइरहेका छन्। यस अतिरिक्त अन्य समस्याहरू पनि थपिएका छन्। प्रशासनले रोकथाम र अपील गरिरहेको भए पनि यात्रीहरू ठूलो संख्यामा धाममा पुगिरहेका छन्।
राज्यमा अविरल वर्षा, असिनापानी, हिमपातको क्रम कायम छ। यसले गर्दा अब पैह्रोको समस्या पनि उत्पन्न भएको छ। गंगोत्री हाइवेमा गंगनानी नजिक सड़कमा थुप्रिएको ढुङ्गा-माटोको कारणले आवागमनमा कठिनाई भएको छ, साथै जाम पनि भइरहन्छ। यमुनोत्री हाइवेको कुरा गर्नु हो भने यहाँ डबरकोट नजिक पैह्रोको जोन नै बनिएको छ। अब यी क्षेत्रहरूमा घण्टौंसम्म मार्ग अवरूद्ध भइरहेको छ। जानकीचटृीदेखि यमुनोत्रीसम्मको यात्रा अत्यन्त कठिन भइसकेको छ। केदारनाथ धाम जाने यात्रीहरूलाई सोनप्रयागदेखि गौरीकुण्ड र धामसम्म पुग्नको लागि जुन कठिन मार्ग भएर गुज्रिनु परिरहेको छ त्यो ज्यान जोखिममा पार्नु बाहेक अन्य केही होइन।
आपदा नियन्त्रण विभाग अनुसार तवाघाट लिपुलेख मार्गमा भीषण पैह्रो आएको छ। यसले गर्दा चीनको सीमालाई जोड़्ने सड़क अस्तव्यस्त भएको छ। भीषण पैह्रोको कारणले आदि कैलाशको यात्रा पनि प्रभावित भइरहेको छ। यस मार्गमा पैह्रोको कारणले यातायात प्रभावित भएको यो तेस्रो अवसर हो। बीआरओको टीम मार्गलाई सुचारू गर्नमा जुटेको छ। यतिमात्र नभएर देहरादूनदेखि चमोलीसम्म र मसूरीसम्म वर्षा र आँधीतूफानले विध्वंस मच्चाएको छ। शासन-प्रशासनका तमाम व्यवस्थाहरू ध्वस्त भइरहेका छन्, तथापि यस काममा जुटेका कर्मीहरू फेरि यसलाई दुरूस्त गर्नेतिर लागिपरेका छन्। -हिस










