नयाँ दिल्ली। एयर मार्शल राजेश कुमार आनन्दले बिहीवार एयर अफिसर-इन-चार्ज एडमिनिस्ट्रेशन (एओए)-को पदभार ग्रहण गरे। उनी राष्ट्रीय रक्षा अकादमीका पूर्व छात्र हुन् भने उनलाई १३ जून, १९८७-मा भारतीय वायु सेनाको प्रशासनिक शाखामा वायु यातायात नियन्त्रकको रूपमा नियुक्त गरिएको थियो।
वायु सेना अनुसार उनले कलेज अफ् एयर वारफेयरबाट हायर एयर कमाण्ड कोर्स तथा सिंगापुर एभिएशन एकाडमीबाट एरिया कन्ट्रोल कोर्स गरेका छन्। ३६ वर्षभन्दा अधिकको करियरमा एयर मार्शलले विभिन्न फिल्ड तथा स्टाप नियुक्ति गरेका छन्। आफ्नो वर्तमान नियुक्तिपूर्व उनी वायु सेना मुख्यालय, नया दिल्लीमा महानिदेशक (प्रशासन) थिए। विशिष्ट सेवाको लागि उनलाई जनवरी, २०२२-मा राष्ट्रपतिको विशिष्ट सेवा पदकद्वारा सम्मानित गरिएको थियो।
वायु सेना स्टेशन हिंडनको कमानमा परिवर्तन एयर कमोडोर संजय चोपड़ाले बिहीवार एयर कमोडोर विनय प्रताप सिंहबाट वायु सेना स्टेशन हिंडनको कमान सम्हाले। यस अवसरमा एक प्रभावशाली परेडको आयोजना गरियो। एयर कमोडोर संजय चोपड़ालाई दिसम्बर, १९९५- मा भारतीय वायु सेनामा हेलिकप्टर पायलटको रूपमा नियुक्त गरिएको थियो। उनी एक योग्य फ्लाइङ इन्स्ट्रक्टर हुन् भने उनले ४७०० घण्टाभन्दा अधिकको उड़ान भरेका छन्। उनी कलेज अफ् एयर वारफेयर, सिकन्दराबादका पूर्व छात्र हुन्। वायु अधिकारीले एक हेलिकप्टर यूनिट, एक फ्लाइङ स्टेशनको कमान सम्हालेका छन् तथा विभिन्न परिचायन नियुक्तिहरू पनि सम्हालेका छन्।










