१ जूनः फूटबल खेल र खेलाड़ीहरूका जमीनी स्तरबाट विकासमा निरन्तर कार्य गर्ने खरसाङ फूटबल एसोसिएशनको तत्त्वावधानमा सीनियर वर्गमा खरसाङ सुपर डीविजन लीग आजदेखि शुरु भयो। बिहीवार लीगको पहिलो दिन पूल ए बाट दुईवटा म्याच खेलियो। चानमारी मैदानमा खेलिएको दिनको पहिलो म्याचमा युनाइटेड खरसाङ फूटबल क्लबले चैतेपानी फूटबल क्लबलाई ४-१-ले पराजित गऱ्यो। यसरी दोस्रो म्याचमा खरसाङ भेटरन्सले हिल्स फूटबल एकाडमीलाई ४-१-ले नै पराजित गऱ्यो। आज उद्घाटन कार्यक्रममा मुथ्य अतिथिको रूपमा नेवार डेभलपमेण्ट बोर्डका चेयरम्यान सुनिल प्रधान र युवा मोर्चा अध्यक्ष पेमेन्द्र गुरुङ उपस्थित थिए। आजका दुईवटा म्याचमा अमित भुजेल मुख्य रेफरी रहेका थिए। यसरी सहायकको भूमिकामा नितेश देवान र प्रमोद प्रधान थिए। फोर्थ अफिसियलको जम्मेवारी सञ्जय थापाले निर्वाह गरेका थिए। लीगमा जम्मा ११ वटा टीमले हिस्सा लिएको छ, जसमा सुकनाको कञ्चनजंघा फूटबल क्लब (केएफसी) पनि सामेल छ। दुईवटा सेमिफाइनल २२ जूनमा खेलिनेछ। फाइनल २५ जूनमा हुनेछ। लीगको फाइनलमा पुग्ने दुईवटा टीमलाई आउँदो हर्ली कपमा सिधै प्रवेश दिइनेछ। शुक्रवार पोल बी-बाट दुईवटा म्याच खेलिनेछ। दिउँसो १२.३० बजीदेखि पहिलो म्याच दिलाराम एफसी र जेआर३२ एकाडमीबीच खेलिनेछ। यसरी दोस्रो म्याच ३.०० बजीदेखि कञ्चनजंघा फूटबल क्लब र रोहिनी एफसी-बीच खेलिनेछ।











