टुरिज इन्फर्मेशन कम्प्लेक्स जीटीएले लीजमा दिन्दैछ!

IMG-20230601-WA0255.jpg

यस्ता विषयहरूको लागि हाम्राहरू शहीद भएका होइनन तरै पनि त्यसमा शहीदहरूको सम्झनाहरू छन: पूरण

दार्जीलिङ: सिलगढीको दार्जीलिङ मोडमा अवस्थित टुरिज इन्फर्मेशन कम्प्लेक्स भवनलाई जीटीएले एक ब्यापारीलाई लीजमा दिने तयारी गरी सकेको हाम्रो पार्टीको महकुमा समिति अध्यक्ष पूरण तामाङले आरोप लगाएको छ। सन १९८६ को गोर्खाल्याण्ड आन्दोलनमा सरकारी रिपोर्ट अनुसार १२ सय मानिसहरू शहीद भएका थिए। धेरै घर सम्पतिहरू खरानी भएका थिए।सन १९८८ सालमा दार्जीलिङ गोर्खा पार्वतीय परिषदको दस्तावेजमाथि त्रिपक्षीय सम्झौता भएको थियो। आन्दोलनले तहस नहस भएको दार्जीलिङ पहाडलाई पूनः दार्जीलिङ बनाउँन केन्द्र र राज्य सरकार दुवैले सक्दो सहयोगको हात बडाउने वाचाहरू समेत गरेका थिए।यसैक्रममा दार्जीलिङ एक पयर्टन स्थल भएको हुनाले यहाँ देश विदेशका पयर्टकहरू घूम्न आउने गर्छन। यी सवै विषयहरूलाई ध्यानमा राख्दै राज्य सरकारले सिलगढीको दार्जीलिङ मोडमा अवस्थित रहेको विल्डिङलाई दार्जीलिङ गोर्खा पार्वतीय परिषदलाई प्रदान गरेका थिए अनि दार्जीलिङ गोर्खा पार्वतीय परिषदले उक्त विल्डिङलाई टुरिज इन्फर्मेशन कम्प्लेक्समा परिणत गरेका थिए।सिलगढीको दार्जीलिङ मोडमा रहेको उक्त विल्डिङलाई टुरिज इन्फर्मेशन कम्प्लेक्सको रूपमा परिणत गर्न दागोपापले आफ्नो कोषबाट धेरै राशीहरू खर्चिएका थिए।सन २००७ मा छुटटै राज्य गोर्खाल्याण्डको मुद्वा लिएर अर्को आन्दोलन चलेको थियो अनि सन २०११ मा गोर्खाल्याण्ड क्षेत्रिया प्रशासनको दस्तावेजमाथि त्रिपक्षीय सम्झौता भएको हो। दागोपापको अधीनस्थ सवै सम्पतिहरू जीटीएको अधिनमा रहेको छ तर बर्तमान जीटीए सभाको बोर्डले सिलगढीको दार्जीलिङ मोडमा रहेको टुरिज इन्फर्मेशन कम्प्लेक्स एक ब्यापारीलाई लीजमा दिने पूनः तयारी गरी सकेको हाम्रो पार्टी महकुमा समिति अध्यक्ष पूरण तामाङले आरोप लगाएको छ।तिनले स्पष्ट शब्दमा भने सन १९८६ को गोर्खाल्याण्ड आन्दोलनमा हाम्रो १२ सय भन्दा धेर मानिसहरू शहीद भएका छन अनि धेरै घर सम्पतिहरू जलेर स्वाह भएका छन।हाम्रा ती शहीद हरू दागोपाप, जीटीए अनि यस्ता कम्प्लेक्सहरूको निम्ति शहीद भएका होइनन तरै पनि ती कम्प्लेक्स हरू मा हाम्रा शहीदहरूको त्याग,बलिदान र सम्झनाहरू छन त्यसकारण हामी टुरिज इन्फर्मेशन कम्प्लेक्सनलाई लीजमा दिने कार्यको घोर विरोध जनाउँछौ अध्यक्ष तामाङले भने। अर्कोतिर जीटीए सभाको सत्ताधारी राजनैतिक पार्टीले नै छल कपटद्वारा दार्जीलिङ नगरपालिकामा बोर्ड गठन गरेको छ अनि त्यही नगरपालिकाले पनि दार्जीलिङको मुटु मानिने चैक बजार छेवको पपूलर फर्मेसीको माथिल्लो तल्ला एक ब्यापारीलाई नै १० लाख रूपियाँ सलामीमा दिई सकेको तिनले आरोप लगाए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement