दार्जीलिङ: नेपाली भाषी गोर्खाहरूलाई अनुप्रबेशकारी भन्ने राज्यको कृषि मंत्री सोभनदेव चटटोपाध्यलाई नेपाली टोपी लगाएर सम्मान जनाउँनु टोपीको अपमान गर्नु हो यो मनतब्य हाम्रो पार्टीको केन्द्रीय प्रबक्ता लाडुप घिसिङले पोखेको हो।खरसा²ङ नगरपालिकाले विगत २०१७ देखि आजको दिनसम्म के कति विकाशका कार्यहरू गरे अनि विकालांङहरूले पाउँनु पर्ने साहुलियतहरू के कति पाए, नगरपालिकामा कतिवटा खाली पदहरू छन आदि जस्ता विषयहरूमाथि हाम्रो पार्टीको पक्षबाट आरटीआई दर्ता गर्न आएका थिए। यसै अवधि पार्टी अध्यक्ष लाडुप घिसिङले अधि भने कसैलाई स्वागत जनाउँनु अनि विरोध जनाउँनु आ-आफ्नो विषय हो तर राज्यको एक जिम्मेवार मंत्री एंव कृषि मंत्री सोभनदेव चटटोपाध्यलाई नेपाली टोपी लगाएर स्वागत जनाउँनु भनेको नेपाली टोपीको अपमान गर्नु हो।तिनले अधि भने गत केही दिन अधि बंगालको तृणमूल सरकारले विधानसभामा बंगाल विभाजन विरोधको प्रस्ताव ल्याएका थिए, त्यस अवधि राज्यको कृषि मंत्री सोभनदेव चटटोपाध्यले नेपाली भाषी गोर्खाहरूलाई अनुप्रबेशकारी भनेका थिए। जसले नेपाली भाषी गोर्खाहरूलाई अनुप्रबेशकारी बताए उसैलाई नेपाली टोपी लगाएर स्वागत जनाउनु भनेको नेपाली टोपीको अपमान भएको प्रबक्ता घिसिङले बताए।तिनले भागोप्रमोको नाम नलिई अधि भने पहाडको एक राजनैतिक दलको नेतृत्वहरूले पहाडमा हामीले पंचायती राज ल्याउन सफल भएका छौ भन्दै ढोल पिटेका थिए तर आज यतिका महिनाहरू विति सक्दा पनि पहाडमा पंचायत चूनावको अतो पतो नरहेको प्रबक्ता घिसिङले बताए। तिनले अधि भने दार्जीलिङ नगरपालिकाको चूनाव भए तर कालेबुङ, मिरिक, खरसाङ नगरपालिकाको चूनाव भएको छैन यो अति नै दुख लाग्दो विषय रहेको प्रबक्ता घिसिङले अवलिम्ब पहाडको तीन नगरपालिकाहरूको चूनाव हुन पर्ने मांग गरेकोछ।