जलपाईगढी: गएकोकेही दिनदेखि उत्तर बङ्गालका जिल्लाहरूले चर्को घामका कारण प्रचण्ड गर्मी भैरहेको छ। यस्तो गर्मीको प्रकोप मानिसलाई मात्र नभएर पशु-पंक्षीलाई खपिनसक्नु भएको छ। गर्मीबाट राहत पाउनका लागि मानिसहरूले के के गर्दैनन् र! चिसो पानीले घरि घरि नुहाउँछन्, एसीमा चलाउँछन्, पंखा चलाउँछन्, कोल्ड ड्रिंक्स पिउँछन्, आइसक्रिम खान्छन् तरै पनि राहत पाउँदैनन्l

मानिसहरूलाई गर्मीबाट केही हदसम्म भए पनि राहत दिलाउन जलपाईगढी जिल्लाको धुपगढीमा मारवाडी महिला संगठनले आज (बिहीबार) बिहानैदेखि सडकमा मानिसहरूलाई चिसो सिरप खुवाए। गर्मीको मौसममा मानिसहरूलाई सेवा पुर्याउन आयोजना गरिएको कार्यक्रममा नगरपालिकाका उपाध्यक्ष राजेशकुमार सिंह विशेष रुपमा उपस्थिति थिए। उनले महिलाहरुको यो पहलको खुलेर प्रशंसा गरे। बिहीबार जलपाईगढी मेडिकल कलेज तथा अस्पतालका डा. केके कर्माकरले भने, यस्तो गर्मीमा अत्यावश्यक बाहेक चर्को घाममा बाहिर निस्किनु हुँदैन। नकमले चिनीको पानी पिउनुपर्छ, नरिवलको पानी पिउनु राम्रो हुन्छ। गर्मीमा सिन्थेटिक लुगा लगाउनु हुँदैन, सामान्य लुगा लगाउनुपर्छ। चर्को घामबाट बच्न टोपी, सनग्लास लगाउनुपर्छ र छाता प्रयोग गर्नुपर्छl’ अलिपुर मौसम विभागका अनुसार आजदेखि कोलकातासहित दक्षिण बङ्गालका धेरै जिल्लाहरूमा तापक्रम बढ्न शुरु हुनेछ। आजदेखि कम्तिमा दुई दिनसम्म देशमा तातो लहरको अवस्था रहनेछ। कोलकाता बाहेक उत्तर बङ्गालको जलपाईगढीको तापक्रम पनि ४० डिग्री पुग्ने अनुमान गरिएको छ।










