अलिपुरद्वार: काल्चिनी पुलिस थानाले विवाहको बहानामा धेरै पटक शारीरिक दुर्व्यवहार गरेको आरोपमा ह्यामिल्टनगञ्जका एक युवकलाई पक्राउ गरेको छ। अभियुक्तलाई बिहीबार अलिपुरद्वार अदालतमा पठाइएको थियो। पुलिस स्रोतका अनुसार विवाहित भए पनि अभियुक्त युवकले हालै ब्लकको दिमा क्षेत्रकी एक युवतीसँग प्रेम सम्बन्ध राखेर विवाहको बहानामा पटकपटक यौन शोषण गरेको थियो। त्यसपछि युवतीले आरोपित युवकको नाममा काल्चिनी पुलिस थानामा उजुरी दिएकी थिइन्। त्यसैको आधारमा काल्चिनी पुलिसले आरोपी युवकलाई पक्राउ गरी अलीपुरद्वार अदालतमा पठाएको थियो।










