तीन जिउँदो बम उद्धार

IMG-20230528-WA0320.jpg

कूचबिहार: घना जनसंख्या भएको क्षेत्रमा बिहिवार तीन वटा ताजा बम उद्धार भएकोले सनसनी फैलियो। घटना कूचबिहार जिल्लाको दिनहाटा थाना अन्तर्गत गोसानीमारी स्टेट ब्याङ्क नजिकको हो। स्थानीय सूत्रहरू अनुसार, बिहिवार बिहान दिनहाटा-सीताई राजमार्गमा स्टेट ब्याङ्क नजिक तीन वटा ताजा बम बेवारिस अवस्थामा पाइयो। दिनहाटा थाना पुलिसलाई यसको सूचना दिइयो। सूचना पाएपछि दिनहाटा थाना पुलिस घटनास्थलमा पुगेर तीनै ताजा बमलाई आफ्नो कब्जामा लियो। स्थानीय मानिसहरूले प्रशासनसित कठोर कारबाहीको माग गरेका छन्। पुलिस घटनाको जाँचमा जुटेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement