बनारहाट: बानरहाट ब्लक अन्तर्गत भोटान सीमाको चामूर्चि चेकपोस्ट क्षेत्रमा बिहिवार बिहान भीषण आगो लाग्दा तीन वटा दोकान जलेर खरानी भएको छ। यद्यपि, भोटानको दमकल गाड़ीहरू समयमा पुग्दा भोटानी सीमावर्ती व्यवसायीहरू ठूलो दुर्घटना हुनदेखि बाँचे।
जानकारी अनुसार, बिहिवार बिहानै लगभग चार बजी स्थानीय मानिसहरूले एउटा दोकानबाट धुआँ निस्किन्दै गरेको देखे। जसले हेर्दा-हेर्दै भयावह रूप धारण गऱ्यो। व्यवसायीहरूले स्वयं पानी हालेर आगो निभाउने प्रयास गरे तर यसबाट कुनै फायदा भएन। आगो वरिपरिको दोकानहरूमा फैलियो। व्यवसायीहरूले भोटान र धुपगढ़ी दमकल केन्द्रहरूलाई सुचित गरे। सूचना पाएर भोटानबाट एउटा इन्जिन तुरन्तै घटनास्थलमा पुगेर घण्टौंसम्म प्रय़ास गरी आगो निभायो।

प्रशासनको सूत्रहरू अनुसार, आगो सटसर्किटको कारण लागेको हुनसक्छ। व्यवसायीहरूको भनाई छ, दमकल केन्द्र टाढ़ा भएको कारण समयमा इन्जिन पुग्दैन। जसले गर्दा व्यापक स्तरमा क्षति हुनेगर्छ। जसले गर्दा स्थानीय व्यवसायीहरूले बानरहाटमा दमकल केन्द्रको निर्माण गरिने माग राखेका छन्।










