सम्बन्धलाई हिमालय जति उच्चतामा पुऱ्याउनेछौं: प्रधानमन्त्री मोदी
नयाँ दिल्ली: भारत र नेपालले व्यापार, ऊर्जासहित कतिपय क्षेत्रहरूमा सहयोगलाई विस्तार दिने उद्देश्यले बिहीवार सात समझौतामा हस्ताक्षर गरेको छ। यसा दौरान प्रधानमन्त्री नरेन्द्र मोदीले दुई देशको सम्बन्धलाई ‘हिट’ बताउँदै भने, ‘हामी हाम्रो सम्बन्धलाई हिमालयको जस्तै उच्चतामा पुऱ्याउनको लागि काम गरिरहनेछौंl’ प्रधानमन्त्री मोदीले नयाँ दिल्लीको हैदराबाद हाउसमा नेपालका प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’सित बिहीबार भेट गरे। त्यसपछि दुवै प्रधानमन्त्रीले दुईपक्षीय तथा प्रतिनिधिमण्डल स्तरको वार्ता गरे। वार्तापछि दुवैले साझा प्रेसवार्तालाई सम्बोधन गरे।
दुई नेताहरूको उपस्थितिमा भारत-नेपालबीच समझौता आदान-प्रदान भयो। भारत-नेपालबीच विभिन्न परियोजनाहरूको ग्राउण्डब्रेकिङ उद्घाटन समारोहमा दुवैले भाग लिए। यसमा रेलवे लाइनको कुर्था-बिजलपुरा खण्डलाई सुम्पिनु, बथनाहा (भारत)-देखि नेपाल सीमा शुल्क यार्डसम्म भारतीय रेलवे कार्गो ट्रेनको उद्घाटन, नेपालगञ्ज (नेपाल) र रूपईडीहा (भारत)-मा आईसीपीको उद्घाटन, भैरहवा (नेपाल) र सोनौली (भारत)-मा आईसीपीको ग्राउण्डब्रेकिङ समारोह, मोतिहारी-अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन अन्तर्गत दोस्रो चरणका सुविधाहरूको ग्राउण्डब्रेकिङ समारोह सामेल छन्। प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो सम्बोधनमा भने, ‘दुवै देशले सीमासहित अन्य सबै मुद्दाहरूको समाधान गर्नेछ। साथै सांस्कृतिक, धार्मिक सम्बन्धहरूलाई अझ प्रगाढ़ बनाउनको लागि रामायण सर्किटसित सम्बन्धित प्रोजेक्ट्सलाई तीव्रता दिइनेछ। हामी भारत औ नेपालबीच यस्तो सम्बन्ध विकसित गर्नेछौं, हामीबीचका सीमाहरूलाई बाधा बन्न दिनेछैनौं। दुई देशबीच एक दीर्घकालिक बिजुली व्यापार सम्झौता भएको छ जसान्तर्गत आउँदो दश वर्षमा भारतले नेपालबाट दश मेगावाट बिजुली आयात गर्नेछ। प्रधानमन्त्री मोदीले भने, ‘दुई देशबीच वित्तीय सम्पर्कलाई प्रोत्साहित गरिनेछ। यसले नेपालबाट भारत आउने पर्यटक, बिरामी, शिक्षार्थीहरूलाई लाभ पुऱ्याउनेछl’
अर्कोतिर नेपालका प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यकालमा भारत-नेपालको सम्बन्धमा भएको प्रगतिको सराहना गरे। उनले भने, ‘हामीले आज हाम्रो सम्बन्धलाई अझ बलियो बनाउने विषयमा चर्चा गऱ्यौं। यसमा व्यापार, सम्पर्क र अन्य सामेल छन्l’ उनले नेपाललाई भारतको सहयोगबाट बङ्गलादेशसम्म बिजुली निर्यात गर्ने सुविधा प्रदान गरेको विषय उल्लेख गर्दै भने, ‘भारत नेपालको सबैभन्दा ठूलो व्यापार अंशदार हो। आशा छ नेपालका कृषि उत्पादहरूले भारतका बजारहरूमा सहजै स्थान पाउनेछl’ –हिस









