यो चुनाव पहाडलाई नयाँ दिशा दिने चुनाव हो: अनित थापा

IMG-20220623-WA0159.jpg

खरसाङ: यो चुनाव पहाडको भविष्यको चुनाव हो, यो चुनाव पहाडलाई नयाँ दिशा दिने चुनाव हो, जीटीए ठीक छ छैन त्यो मुद्दा होइन तर पहाडको विकास हामीलाई चाहिन्छ कि चाहिन्दैन त्यो मूल प्रश्न हो भनी भागोप्रमो अध्यक्ष अनित थापाले बताएका छन्। उनले खरसाङको २९ नम्बर समष्टि अन्तर्गत स्प्रिङ साइडमा आयोजित चुनावी सभालाई सम्बोधनमा राख्दै पहाडमा पूर्वाधारहरु निर्माण गर्नु छ, पहाडलाई सिस्टममा ढाल्नु छ, युवाहरुलाई रोजगार दिलाउनु छ, यति बिध्न समस्याहरू छन्, सबैलाई एक एक गर्दै समाधान गर्दै लैजानु छ अनि अब गाली गर्नेको होइन काम गर्नेको समय आएको छ, अब झुक्याउनेको होइन, सत्यको पक्षमा उभिनेको पालो आएको छ भनी बताएका छन्। त्यसरी नै खरसाङको नयाँ बजारस्थित टाउन हलमा समर्थकहरूलाई सम्बोधन गर्दै थापाले खरसाङलाई राम्रो खरसाङ बनाउनु हो भने हामी एकतामा आउनुपर्छ भन्दै खरसाङको पार्किङ बनाउने मेरो ड्रिम छ, खरसाङको विकासलाई अघि लैजानु हो भने हामी एक बन्नुपर्छ भनी बताएका छन्।

२९ नम्बर समष्टि अन्तर्गत १९ र २० नम्बर वार्ड, नयाँ बस्ती अनि फाटकका समर्थकहरुलाई अनित थापाले भेटघाट गरेका छन्। खरसाङको चाँदमारीको शिव मन्दिरमा गएर अनित थापाले पूजा अर्चना गरे। पूजापछि उनले स्थानीय वासिन्दाले आयोजना गरेको एउटा जुलूसमा भाग लिए। जुलुस गएर स्प्रिङ साइड सामाजिक भवनमा आयोजित गरिएको चुनावी सभामा परिणत भयो। यस चुनावी सभामा भागोप्रमो केन्द्रीय सदस्य समीरदीप ब्लोन, खरसाङ महकुमाका महासचिव प्रणाम रसाइली, खरसाङ नगरपलिकाका उपाध्यक्ष सुवास प्रधान अनि अन्य स्थानीय नेतृत्वहरुको उपस्थिति रहेको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *