रम्बुक सिर्डस चिया बगानलाई यस्तो अवस्थामा पूराउँने पहाडको सत्ता दल हो: डी. के. गुरूङ
दार्जीलिङ: आजको बैठकमा पनि रम्बुक सिर्डस चिया बगानको मालिक पक्ष उपस्थित भएन। गत केही दिन अधिदेखि बन्द अवस्थामा रहेको रम्बुक सिडर्स चिया बगानको समस्यालाई समाधान गर्न सिलगढीको श्रमिक भवनमा सरकार पक्षबाट बैठक बोलाएको थियो तर आजको बैठकमा पनि मालिक पक्ष उपस्थित नभएको हाम्रो हिल हिल तराई डुवर्स चियाबारी श्रमिक संघको केन्द्रीय अध्यक्ष डी. के. गुरूङले बताएको छ। तिनले अधि भने विगत १७ मईको दिन सरकार पक्षले पहिलो बैठकका बोलाएका थिए, त्यसपछि २३ मईको दिन दोस्रो बैठक बोलाएका थिए अनि आज १ जूनको दिनको तेस्रो चोटी बैठक डाकेका थिए तर तीनैवटा बैठकहरूमा मालिक पक्ष उपस्थित नरहेको अध्यक्ष गुरूङले जनाए। तिनले अधि भने विगतका बैठकहरूमा श्रमिक संगठनहरूले आ-आफ्नो पक्षहरू राखी सकेका छन अनि श्रमिकहरूको बर्तमान अवस्थाहरू बारे अवगत गराउँदै सरकारले आफ्नो पक्षबाट के कस्ता विषयहरू गर्न सक्छ भन्ने विषयहरू पनि श्रमिक संगठनहरूले अधिबाटै राख्दै आई रहेका छन्। आजको बैठकले निर्णय दिनु सक्छ भन्ने आशा र भरोसाहरू साँचेर बन्द रम्बुक सिडर्स चिया बगानको श्रमिक कार्यकर्ताहरूले पनि उपस्थित रहेका थिए। आज तेस्रो बैठकमा पनि मालिक पक्ष उपस्थित नहुदा सह श्रमायुक्त अधिकारीले अब सरकार पक्षले आफ्नो प्रकारले काम गर्नेछ भन्ने उपस्थित श्रमिक संगठनहरूको नेतृत्वहरूलाई अध्यक्ष डी. के. गुरूङले अवगत गराए। सह श्रमायुक्तले बन्द रम्बुक सिर्डस चिया बगानको संदर्भमा जिल्लापाल संग कुराकानी गरेर श्रमिकहरूलाई राहतको प्रवाधान गरिनेछ भन्ने उपस्थित श्रमिक संगठनहरूको नेतृत्वहरू लाई अवगत गराएको अध्यक्ष गुरूङले जनाए। फैलाईको संदर्भमा कम्तिको पनि तीन महिना बगान बन्द भएको हुन पर्छ भन्ने जानकारी श्रमिक संगठनहरूलाई गराएको अध्यक्ष गुरूङले बताए।

रम्बुक सिडर्स चिया बगानमा अहिले जो समस्याहरू आएको छ, यसमा जीटीए सरकार चलाउने राजनैतिक दलको नेतृत्वहरूले नयाँ मालिक राम्रो छ भन्दै बोेकेर ल्याएको हो अनि यो विषय सवैलाई थाहा नै भएको विषय हो, त्यसकारण अब रम्बुक सिडर्स चिया बगानको मालिकलाई घाटी समातेर ल्याउने दाहित्व पनि उनीहरूकै हो।श्रमिकहरूको अवस्था अति नै सोचनीय बन्दै जान्दैछ अध्यक्ष गुरूङले भने।









