नेपालका प्रधानमन्त्रीको भ्रमणको क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा प्रेस वक्तव्य जारी
नयाँ दिल्ली: नेपालकाप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अघिलेघरि तीन दिनको भारत भ्रमणमा छन्l उनको भ्रमण शनिबार ३ मईसम्म रहनेछl उनको यस आधिकारिक भ्रमण अवधिमा प्रधानमन्त्री नरेन्द्र मोदीले आज प्रेस वक्तव्य जारी गरेका छन्l आफ्नो वक्तव्यमा उनले नेपालका प्रधानमन्त्री प्रचण्ड र उनको प्रतिनिधिमण्डललाई भारतमा हार्दिक स्वागत जनाएका छन्। आफ्नो वक्तव्यमा उनले भने, ‘मलाई याद छ, ९ वर्षअघि २०१४ मा पदभार ग्रहण गरेको तीन महिनाभित्र मैले पहिलो पटक नेपाल भ्रमण गरेको थिएँ। त्यसबेला मैले भारत–नेपाल सम्बन्धका लागि ‘हिट’ फर्मुला (एचआईटी) दिएको थिएँ– राजमार्ग, आई–वे, ट्रान्स–वेज, ट्रकको सट्टा पाइपलाइनबाट तेल निकासी गर्नुपर्छ, साझा नदीमा पुल निर्माण गर्नुपर्छ, सुविधा निर्माण गर्नुपर्छ। नेपालबाट भारतमा बिजुली निर्यात गर्न सुविधा बनाउनुपर्छl’

आज नौ वर्षपछि साझेदारी साँच्चै ‘हिट’ भएको बताउन पाउँदा आफूलाई खुशी लागेको प्रधानमन्त्री मोदीले बताए। उनले भने, ‘विगत ९ वर्षमा हामीले धेरै क्षेत्रमा धेरै उपलब्धि हासिल गरेका छौँ। नेपालको पहिलो आईसीपी वीरगञ्जमा निर्माण भएको थियो। यस क्षेत्रको पहिलो सीमापार पेट्रोलियम पाइपलाइन बनेको थियो। हाम्रो बीचमा पहिलो ब्रोडगेज रेल लाइन बिछ्याइयो, सिमाना पारी नयाँ ट्रान्समिसन लाइन बनाइयो। अहिले नेपालबाट ४५० मेगावाटभन्दा बढी बिजुली आयात गर्दैछौं। यदि हामीले नौ वर्षको उपलब्धिलाई वर्णन गर्ने हो भने, त्यसपछि पूरा दिन बित्नेछl’ साझेदारीलाई भविष्यमा सुपरहिट बनाउन धेरै महत्त्वपूर्ण निर्णयहरू लिएको प्रधानमन्त्री मोदीले बताएl आज पारवहन सम्झौता सम्पन्न भएको बताउँदै प्रधानमन्त्री मोदीले भने, ‘यसमा नेपालका जनताका लागि नयाँ रेलमार्गसँगै भारतको आन्तरिक जलमार्गको सुविधाको समेत व्यवस्था गरिएको छ। हामीले नयाँ रेल लिंकहरू स्थापना गरेर भौतिक सम्पर्क बढाउने निर्णय गरेका छौं। यसका साथै भारतीय रेल इन्स्टिच्युटमा नेपालका रेल कर्मचारीलाई तालिम दिने निर्णय पनि भएको छ। नेपालको सुदूरपश्चिम क्षेत्रसँग सम्पर्क विस्तार गर्न शिरसा र झुलाघाटमा थप दुईवटा पुल निर्माण गरिने भएको छ। हामी क्रस बोर्डर डिजिटल भुक्तानी मार्फत वित्तीय जडानमा उठाइएका कदमहरूलाई स्वागत गर्दछौं। यसबाट हजारौं विद्यार्थी, लाखौं पर्यटक, तीर्थयात्री र भारतमा उपचारका लागि आएका बिरामी लाभान्वित हुनेछन्। तीनवटा ‘आई–सी–पी’ निर्माणबाट आर्थिक कनेक्टिभिटी सुदृढ हुनेछl’

गत वर्ष भारतले ऊर्जा क्षेत्रमा सहयोगका लागि ऐतिहासिक भिजन दस्तावेज स्वीकार गरेको प्रधानमन्त्री मोदीले उजागर गरे। यसैलाई अगाडि बढाउँदै नेपाल र भारतबीच आज दिर्घकालीन ऊर्जा व्यापार सम्झौता भएको उनले बताएका छन्। यसअन्तर्गत आउँदो दश वर्षभित्र नेपालबाट १० हजार मेगावाट विद्युत् आयात गर्ने लक्ष्य राखेको उनले बताए। फुकोट–कर्णाली र तल्लो अरुण जलविद्युत आयोजनाको सम्झौताले ऊर्जा क्षेत्रमा सहकार्यलाई थप सशक्त बनाएको छ। प्रधानमन्त्री मोदीले भने, ‘मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको सकारात्मक प्रभावलाई ध्यानमा राख्दै यो पाइपलाइन चितवनसम्म विस्तार गर्ने निर्णय गरिएको हो। यसका साथै पूर्वी नेपालको सिलगढीदेखि झापासम्म अर्को नयाँ पाइपलाइन पनि निर्माण गरिने भएको छ। यससँगै चितवन र झापामा पनि नयाँ भण्डारण टर्मिनल बनाइनेछ। नेपालमा मल प्लान्ट स्थापना गर्न पनि हामी आपसी सहयोगमा सहमत भएका छौंl’
नेपाल र भारतबीचको धार्मिक र सांस्कृतिक सम्बन्ध निकै पुरानो र बलियो रहेको बताउँदै प्रधानमन्त्री मोदीले भने, ‘यो सुन्दर कडीलाई थप सुदृढ गर्न प्रधानमन्त्री प्रचण्डजी र मैले रामायण सर्किटसँग सम्बन्धित परियोजनाहरूलाई तीव्रता दिने निर्णय गरेका छौं। हामी हाम्रो सम्बन्धलाई हिमालयको उचाइमा पुर्याउने काम गरिरहनेछौं। र यस भावनामा, हामी सबै समस्याहरू समाधान गर्नेछौं, चाहे त्यो सीमासँग सम्बन्धित होस् वा अन्य कुनै विषयमा समाधान गर्नेछौंl’ नेपालका प्रधानमन्त्रीलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले भने, ‘प्रधानमन्त्री प्रचण्डजी, तपाईं भोलि इन्दौर र धार्मिक शहर उज्जैनको भ्रमण गर्नुहुनेछ। तपाईंको उज्जैन भ्रमण ऊर्जाले भरिपूर्ण हुनेछ र पशुपतिनाथदेखि महाकालेश्वरसम्मको यो यात्रामा तपाईंले आध्यात्मिक अनुभव पनि पाउनुहुनेछ भन्नेमा म विश्वस्त छुl’ –पीआईबी
								



								

															
                    



