सिलगढी: पर्यटन प्रेमी राज बसुले आजकल उत्तर बङ्गाल र आसपासका क्षेत्रमा बढ्दो पर्यटकको संख्यामा भाडा बृद्धिलाई गतिशिल रहेको बताउँदै माग बढेका कारण यस्तो भएको बताए। पर्यटकीय सिजनमा ट्याक्सी र अन्य सवारी साधनको भाडा मात्र नभई हवाई तथा रेल टिकटको भाडा पनि बढ्ने उनको भनाइ छ। यसलाई कालोबजारी मान्न अस्वीकार गर्दै उनले माग र आपूर्ति अनुसार हुने बताए। यससँगै उनले सवारीसाधनको भाडामा एमआरपी लागू गर्नुपर्नेमा जोड दिए। योभन्दा बढी शुल्क लिनेलाई कारबाही गर्नुपर्ने उनको भनाइ छ।
								



								

															
                    



