सिलगढी: जुन ५ विश्व वातावरण दिवसको अवसरमा यसअघि जुन ४ मा विभिन्न संघसंस्थाको संयुक्त मञ्चबाट विश्व वातावरण दिवस मनाइँदै छ। यसै अन्तर्गत जनचेतना साइकल यात्राको आयोजना पनि गरिएको छ। यो कार्यक्रम सिलगढीको एयरभ्यु मोरबाट सुरु भएर गोरुमारा अभयारण्य हुँदै लाटागुडीसम्म साइकल यात्रा निकालिनेछ। यो यात्रामा सयदेखि १२० साइकल प्रेमीका साथै केही कलेजका विद्यार्थीको पनि सहभागिता रहने संयुक्त मञ्चका संयोजकले बताए। सिलगढी मेयर गौतम देव, उपमेयर रञ्जन सरकार, अध्यक्ष प्रतुल चक्रवर्ती, माणिक डे, सिलगढी महाकुमा परिषद अध्यक्ष, सिलगढी विधायक डा शंकर घोष, पद्मश्री करीमुल हक लगायत अन्य धेरै विशिष्ट अतिथिको रूपमा यस विशिष्ट कार्यक्रममा उपस्थित थिए।









