जंगली हात्तीको आक्रमणबाट युवकको मृत्यु

IMG-20230601-WA0115.jpg

जलपाईगुडी: जलपाईगुडी सदर खण्डको बारो पेटिया ग्राम पञ्चायतको गौडीकान क्षेत्रमा बिहीबार बिहान आफ्नो भाइसँग टिस्टा नदीको किनारमा रहेको बदाम खेतमा काम गर्न गएको बेला हात्तीको बथान पनि त्यहाँ आइ पुग्छ। जंगली हात्तीलाई देखेपछि कान्छो भाइ भागे पनि तर हात्तीको आक्रमणमा जेठा भाइ सागर दास (२४)को मृत्यु भएको थियो। यो क्षेत्रमा विगत दुई महिनादेखि जङ्गली हात्तीको बथान घुमिरहेको छ। सागर दासलाई तत्काल जलपाईगुडी मेडिकल कलेज र अस्पताल लगियो। जहाँ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। घटनाको खबर पाउनासाथ बेलकोवा रेन्जका वनकर्मी घटनास्थल पुगेका थिए। घटनाका सम्बन्धमा वन अधिकारीले भने, ‘यो अत्यन्तै दुखद घटना हो, हामी सरकारको नियमअनुसार जतिसक्दो चाँडो क्षतिपूर्तिको व्यवस्था गर्दैछौँ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement