राजनैतिक सचेतकहरू अघि आएर समाजको लागि काम गर्नुपर्छ: सन्तकिशोर गुरुङ

IMG-20220623-WA0158.jpg

खरसाङ: आगामी जीटीए चुनावमा खरसाङ गिध्द पहाड़ समष्टिबाट निर्दलीय प्रार्थीको रुपमा चुनाव लड़िरहेका सन्तकिशोर गुरुङले आज एक भिडियो जारी गरी केही दिन अघि जीटीए चुनाव गैर कानूनी रुपमा भईरहेको विषयमा बोल्दा जीटीए क्षेत्रका जनताले राम्रो रेसपोन्स दिएको दाबी गरेका छन्। आज उनले जीटीए चुनावमा ५ वर्षको लागि जनप्रनिधि छान्दा कुनै जानकारीबिना नै भोट हाल्नु पर्ने बाध्यता रहेको बताउँदै सरकारले हामीलाई हेला गरेको प्रसंग उठाएर हामी आफ्नै भूमिमा शरणार्थी जस्तै जीवन जिउनु परेको बताएका छन्। यस विषयमा आफुले बोल्न चाहेर पनि डरले बोल्न नसकेको बताउँदै अब समय आएको र जति पनि राजनैतिक सचेत युवाहरू अब अघि आएर समाजको लागि केही गर्नुपर्छ भनी बताएका छन्। उनले अब सचेत युवाहरू अघि आएर समाजको लागि केही गरौं, नयाँ सोच र नयाँ ऊर्जाको साथमा काम गरौं भन्दै सबैजना अघि आएर भोट गरिदिने निवेदन गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement