ट्रकबाट १८ पशु जफत गऱ्यो, २ पक्राउ

IMG-20230528-WA0320.jpg

गुवाहाटी: असममा कड़ा पशु कानून लागू भएपनि पशुहरूको तस्करी रोक्न सकिएको छैन। बुधवार खेत्री पुलिसले एउटा ट्रकबाट अवैध रूपमा तस्करी गरी ल्याइएका पशुहरूलाई जफत गरेको छ।पुलिस अनुसार, खेत्रीमा राष्ट्रिय राजमार्ग-३७ मा चेकिङको समय एउटा ट्रकबाट १८ पशुलाई जफत गरियो। यी पशुहरूलाई शिवसागरदेखि बर्नीहाट लगिन्दैथियो। पुलिसले पशुहरूको तस्करीको आरोपमा दुई जनालाई पक्राउ गरेको छ। पक्रा परेका दुवैको पहिचान मोइनुल हक र शरीफुल इस्लामको रूपमा गरिएको छ। पुलिसले यस सम्बन्धमा एक प्राथमिकी दर्ता गरेको छ। पुलिसले दुवैसित सोधपुछ गरिरहेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement