काेकराझार: सशस्त्र सीमा बल (एसएसबी) को 6औं वाहिनीको रानीगुली सीमा चौकी शशीपुरद्वारा अन्तरराष्ट्रिय भारत-भोटान सीमा क्षेत्रमा अभियान चलाउँदै भारी मात्रामा अवैध दाउरा जफत गरिएको छ।
एसएसबीको सूत्रहरू अनुसार, हिजो मध्य रातमा अन्तरराष्ट्रिय सीमाको पीलर संख्या १७२/२ देखि लगभग ५ किमी टाढ़ा भारतीय क्षेत्रमा लालाथारी वन रेञ्ज अन्तर्गत एरिया डोमिनेशनमा एउटा ट्रेक्टर ट्रली (एएस-२६सी-०४२०) मा लोड गरिएको गामारीको दाउरा जफत गरियो। ट्रेक्टरबाट लगभग ३०० सीएफटी दाउरा जफत गरियो। साथै ट्रेक्टरलाई जफत गरी चालकलाई पक्राउ गरियो। जफत गरिएको ट्रेक्टर र दाउराको अनुमानित दर १२ लाख २० हजार रूपियाँ मापिएको छ।
जफत गरिएको दाउरा एवं ट्रेक्टरको साथ चालकलाई कोइला मोइला वन विभागलाई सुम्पियो। एसएसबीको ६औं वाहिनीद्वारा लगातार विभिन्न हिस्साहरूमा चलाइएको अभियानको कारण भारत-भोटान सीमामा तस्करहरूको अवैध गतिविधिहरूमाथि विराम लागेको छ।









