बाल संरक्षण ऐनबारे एक दिवसीय सचेतना कार्यक्रम सम्पन्न

IMG-20230531-WA0319.jpg

गान्तोक: सिक्किम राज्य एवं बाल अधिकार संरक्षण आयोगको पहलमा बाल संरक्षण ऐनबारे एकदिवसीय सचेतना एवं संवेदनशीलता कार्यक्रम आयोजना गरियो।तेङले माध्यमिक विद्यालय परिसरमा आयोजित कार्यक्रममा सिक्किम राज्य बाल अधिकार संरक्षण आयोगका अध्यक्ष, मेम्बर सेक्रेटेरी, क्लिनिकल साइकोलोजिस्ट, प्नल एडभोकेट, विद्यार्थीहरू लगायत अन्यको उपस्थिति रहेको थियो।

कार्यक्रममा सिक्किम राज्य बाल अधिकार संरक्षण आयोगका मेम्बर सेक्रेटेरीले महिला तथा बाल विकास विभाग अन्तर्गतको बाल संरक्षण योजना मिशन वात्सल्यका विभिन्न पक्षहरूबारे संक्षिप्तमा प्रकाश पारे। योसँगै जागरूकता कार्यक्रममा कानुनी अधिकारीहरू पनि सामेल भएका थिए। उनीहरूले पोक्सो ऐन, विभिन्न प्रकारको मानसिक स्वास्थ्य मुद्दाहरू, जेजे ऐन अनि अन्य बाल अधिकारबारे जानकारी गराए।

About Author

Advertisement