३१ मईः डामडिम फ्रेण्ड्स यूनियन क्लबको आयोजनमा जारी गोल्ड कप नक्आउट फूटबल टुर्नामेण्टमा जलपाइगढ़ी पुलिसले क्वार्टर फाइनलमा स्थान बनायो। बुधवार खेलिएको ग्रुप बी-को म्याचमा जलपाइगढ़ी पुलिसले सिलगढ़ी युनाइटेड एफसी-लाई २-१-ले पराजित गऱ्यो। म्याचमा विजेता टीमबाट प्रदीप रोय र सुरज रसाईलीले गोल गरे। यसरी सिलगढ़ी युनाइटेडबाट एनोस राईले १ गोल गरे। अब २ जूनको दिन खेलिने म्याचमा दलसिंगपाड़ा स्पोर्ट्स एकाडमी (डीएसए) र ट्राइबल युनाइटेड युथ क्लब, सुकनाबीच भिड़न्त हुनेछ। म्याच दिउँसो ४.३० बजीदेखि शुरु हुनेछ। टुर्नामेण्टको फाइनल १८ जूनमा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई विनर्स ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप् हुने टीमलाई ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसको साथमा फेयर प्ले ट्रफी पनि रहेको छ।









