गान्तोक: ‘जलशक्ति अभियान (जेएएस) क्याच द रेन-२०२३ तयारी सम्वन्धि आज नाम्चीमा तयारी साथै समन्वय सभा ‘पिउने पानीको दिगो स्रोत’ भन्ने नाराका साथ सम्पन्न भयो। यस सभाको अध्यक्षतामा भारत सरकारको गृह विभाग मन्त्रालयका निर्देशक एवम नोडल अधिकारी मोनालिसा दासले गरेकी थिइन्। यस अवसरमा नाम्ची जिल्लाका अतिरिक्त जिल्लापाल (विकास) सीपी राईले पावर पोइन्ट प्रेजेन्टेसनको माध्यमद्वारा जलजिवन मिशनबारे विस्तृतरूपमा रिपोर्ट प्रस्तुत गरे। उनले नाम्ची जिल्लामा जलशक्ति मिशन सफलतापूर्वक कार्यान्वयन भएको अवगत गराए।यसरी नै उनले धारा विकास, अमृत सरोवर योजना,विरूवारोपन लगायत अन्यबारे पनि अवगत गराए।जलशक्ति अभियानलाई सफलतापूर्वक कार्यान्वयन गर्नमा लाइन विभागका अधिकारीहरूको भूमिका अति नै महत्वपूर्ण रहेको जानकारी गराउँदै उनीहरूको कामको प्रशंसा पनि गरे। बैठकको क्रममा प्रमुख नोडल अधिकारी मोनालिसा दासले विभिन्न छलफल र सुझावहरू राखेका थिइन्। उनले जिल्लामा खानेपानीको अभाव न्यूनीकरणका लागि अपनाउन सकिने नयाँ उपायबारे अधिकारीहरुलाई जानकारी गराइन्।
यसका साथै उनले अन्य अधिकारीहरूसँग जलशक्ति केन्द्रको भ्रमण गरिन्। विशेष गरेर आसाङ्थाङमा रूफटप रेन वाटर हार्वेस्टिङ र मनिराम, गाउँ, वार्डमा धारा विकास आयोजनालगायत अन्य विभिन्न परियोजना स्थलहरूको पनि निरीक्षण गरिन्।









