मंगन: प्रधानमन्त्री कृषि सिँचाई योजना २०२२-२३, प्रति थोपा अधिक फसल अन्तर्गत मंगन जिल्लाको पासिङडाङ खण्ड अधीनस्थ लिङथेम क्लस्टरमा मंगलवार एक दिनव्यापी सचेतन एवं लघु सिँचाई सामग्रीहरू वितरण कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा मंगन जिल्लाका उपाध्यक्ष श्रीमती सोनाम किपु भोटिया मुख्य अतिथिको रूपमा उपस्थित रहेकी थिइन्। उनीसँगै जिल्ला पञ्चायत सदस्य श्रीमती निमचुङ लेप्चा, पञ्चायत सभापति श्रीमती छुकित लेप्चा, कृषि विभागीय उप-निदेशक पदम गुरुङ लगायत अन्यको उपस्थिति रहेको थियो। कार्यक्रममा क्षेत्रका मोठ 230 जना लाभार्थीलाई उपरोक्त योजनाअन्तर्गत आवश्यक सामग्री प्रदान गरियो।

जिल्ला उपाध्यक्ष सोनाम किपु भोटियाले विविध योजनाहरूबारे विस्तृत जानकारी गराउँदै प्रगतिशील कृषकहरूलाई यस प्रकारको अवसरको पूर्ण फाइदा उठाउनुपर्ने आह्वान गरिन्। आज लाभार्थीहरूलाई 230 वटा एक हजार लिटरको एलडीपीई ट्याङ्की लगायत सिँचाईका आवश्यक सामग्रीहरू वितरण गरियो।

कृषि विभागीय उप-निदेशक पदम गुरुङले प्रधानमन्त्री कृषि सिँचाई योजनाको महत्व अनि फाइदाबारे कृषकहरूलाई जानकारी गराए।









